२०८१ माघ ७ गते सोमवार

कुलमान घिसिङ नियुक्तीसम्बन्धी ३ दिनभित्र मिसिल झिकाउन सर्वाेच्चको आदेश



८ भदौ,काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन ३ दिनको आदेश दिएको हो । सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा ‘थमौती गरिपाऊँ’ भन्दै सर्वाेच्चमा मुद्धा दायर गरेका थिए । २ भदौमा उक्त मुद्धा पेशीमा चढे पनि रिट हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

२ भदौपछि सर्वाेच्चले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश दिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्