२०८१ माघ ५ गते शनिवार

देउखुरीको रिहारमा घर भत्किदा ५ लाखको क्षति



८ भदौ, घोराही – दाङमा एक घर भत्किएको छ । लमही नगरपालिका ९ रिहार निवासी राजु प्रधानको चार कोठे कच्ची घर भत्किएको हो ।

उक्त घरको दुबैतिर पक्की घर भएको र वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा पानी घरको जगमा पस्न गएका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

घर भत्किदा ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । घर भत्किएपछि प्रधानको परिवार बिचल्लीमा परेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्