८ भदौ, घोराही –
दाङमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १३ जनामा संक्रमण देखिएको हो । आज थपिएका मध्ये घोराहीका ७ जना, तुलसीपुर र लमहिका २/२ जना र राप्तीका एक जना रहेका छन्।
संक्रमित हुनेमा गरि ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै दाङमा ११७ जना सकृय संक्रमित रहेका छन् । ति मध्ये १०१ जना घरमा, १३ आईसियुमा र ३ जना अक्सीजनमा रहेका छन् । आज थपिएका सहित बैशाख यता ८ हजार ८ सय २७ जनामा कोरोना पुष्टि भएको छ । सक्रमित मध्ये ८ हजार ५ सय जना निको भईसकेका छन् ।।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार