२०८१ जेष्ठ ५ गते शनिवार

लगातार पानी पर्दा झरेको पहिरोले दाङबाट पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध



८ भदौ,घोराही– लगातार परेको पानीका कारण झरेको पहिरोले दाङबाट पहाडी जिल्ला जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको हो । घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा माथिबाट पहिरो खसेको छ। पहिरो हटाउने काममा प्रहरी परिचालन गरिएको छ। सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्