८ भदौ, घोराही – दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अबैध रुपमा भित्रीने सम्पुर्ण सामाग्री नियन्त्रण गर्न माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको छ । संघले भन्सार छलेर ल्याउने सम्पुर्ण सामाग्रीहरु नियन्त्रण गर्न माग गदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापन पत्र वुझाएको हो ।
भन्सार छलेर सामाग्री ल्याउदा राज्यलाइ नै घाटा हुने भएकाले यस प्रकारको कार्य रोक्न माग गरिएको संघका अध्यक्ष टकसिंह वुढाथोकीले जानकारी दिनुभएको । साथै अबैध रुपमा आउने सामाग्रीले बैध रुपमा व्यवसाय गर्नेहरुलाइ समस्यामा पार्ने व्यवसायीहरुले बताएका छन् । ज्ञापन पत्र वुझदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अबैध रुपमा आउने सामाग्री नियन्त्रण गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारीले भन्सार छलेर आउने अवैध सामाग्री नियन्त्रण गर्नका लागि सम्वन्धी निकायलाइ निर्देशन समेत दिनुभएको थियो। नेपाल सरकारको नियम विपरीत कुनै पनि सामाग्री आयात गर्ने नपाइने समेत बताउनुभयो । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्यहरु माधव खनाल, विकास वलीको सहभागिता रहेको थियो ।।