८ भदौ,घोराही –
सल्यानमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका –४ सिम्तालेका ५१ वर्षीय लिलाधर शर्मालाई मर्मखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुुभयो ।
गाउँपालिकाको ३ र ४ नम्बर वडाको सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले गाएर मंगलबार बिहान वेपत्ता हुनुभएको हो । वेपत्ता शर्माको खोजी गर्ने क्रममा कुमाख गाउँपालिका – २ शान्तीबजार स्थित खोला किनारमा दिउँसो मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार