२०८१ चैत्र ११ गते सोमवार

घोराही–मुर्कुटी रुटमा अब साना पनि गाडी चल्ने



८ भदौ, दाङ – दाङको घोराहीदेखि पहाडी गाउँपालिका बंगलाचुलीको मुर्कुटीसम्म साना गाडी चल्न थालेका छन् । यसअघि विहान र दिउँसो मात्रै घोराही–मुर्कुटी सडकमा बस चल्ने भए पनि अब विहान ७ बजेदेखि साँझ ५ बजेसम्म साना गाडी चल्ने भएपछि यात्रा गर्न सहज हुने भएको छ ।

नमस्ते दाङ यातायात प्रालिले घोराही १८ नवलपुरदेखि मुुर्कुटीसम्म विहान ७ देखि साँझ ५ बजेसम्म गाडी सञ्चालन गर्न थालेको छ । भदौ ७ गतेदेखि यातायात सेवा शुरु गरिएको रुट इञ्चार्ज प्रेमबहादुर सारु मगरले जानकारी दिनुभयो ।

सेवा आरम्भ बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले गर्नुभएको थियो । अहिले चारवटा साना गाडीबाट यात्रा शुरु गरिएको छ भने अबको एक हप्ताभित्रै दश वटा गाडी ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि यो प्रालिले भालुवाङदेखि प्युठान र रोल्पासम्मको सेवा दिंदै आएको छ ।

यो रुटमा अहिले दैनिक चार वटा बस चल्ने गरेका छन् । घोराही–मुर्कुटी रुटमा बसले २३० रुपैयाँ भाडा लिने गरेकोमा साना गाडीले २५० लिन थालेका छन् । अब बंगलाचुलीमा सरकारी समयमा कामकाज गरेर पनि साँझ जीपमार्फत् झर्न पाइने भएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्