८ भदौ,घोराही –
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गत साउनमा १ सय ४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदन अनुसार १ सय ८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।
इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना पीडित भएका छन् ।
बाल अधिकार उल्लङ्घनका घटना ५१ ओटाभएको प्रतिवेदनमा छ । अभिलिखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ । यस्तै महिला अधिकार उल्लङ्घनका ३९ घटना भएको अध्ययनले देखाएको छ ।।