२०८१ असार ६ गते बुधवार

नेपालमा एकैदिन ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु



८ साउन, दाङ –

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ११४ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्