२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा भु्रण हत्याको क्रम बढ्दै: गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरी पनि



८ साउन, दाङ – दाङमा दुई वर्षको अवधिमा ४ हजार बढीले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ देखि बितेको आर्थिक वर्षसम्ममा जिल्लामा ४ हजार २ सय ४२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७७÷२०७८ मा २ हजार ५३ जना र आर्थिक वर्ष २०७८÷२०७९ मा १ हजार ६ सय ६५ जनाले गर्भपतन गराएका छन् ।

गर्भपतन गराउनेमा अधिकांश २० वर्षदेखि माथिका रहेका छन् । दुई वर्षको अवधिमा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट २० वर्ष माथिका ३ हजार ७ सय १८ जनाले गर्भपतन गराएका हुन् ।

गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका पनि रहेका छन् । दुई वर्षको अवधिमा ५ सय २४ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएका छन् । कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिएपनि अस्पतालमा गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका किशोरी पनि देखिएको छ ।

स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा २ सय ९३ जना र बितेको आर्थिक वर्ष २०७८/२०७९ मा २ सय ३१ जना २० वर्ष मुनिकाले गर्भपतन सेवा लिएका छन् ।।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्