२०८१ असार ६ गते बुधवार

बबई गाउँपालिकाको बजेट पचास करोड बढी



१० असार, दाङ – बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गर्नुभएको हो ।

सार्बजनिक गरिएको बजेट अनुसार ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पुजीगत खर्च छुट्याइएको छ । यस्तै शसर्त अनुदान तर्फ १९ करोड २६ लाख, बिशेष अनुदान तर्फ १ करोड ६० लाख, समपुरक अनुदान तर्फ १ करोड ५० लाख बजेट ब्यबस्था गरिएको छ ।

यस्तै सभाले आर्थिक बिधेयक २०७९ पास गरेको छ भने उपाध्यक्ष बमकुमारी खड्काको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । जसको सदस्यहरुमा सभा सदस्य ईन्द्रबहादुर डाँगी र खिमा बिकलाई चयन गरिएको छ । गाउँसभाको अर्को सभा बैठक असार २१ गतेका लागि तोकीएको छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्