२०८१ असार ६ गते बुधवार

तुलसीपुर खानेपानी संस्थाको मुहानमा तोडफोड



१० असार,घोराही  – तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानमा अज्ञात समुहले तोडफोड गरेको छ । गएराती १२ बजे अज्ञात समुहले तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरुवामा तोडफोड गरी क्षति पु¥याएको खानेपानी संस्थाका कोषाध्यक्ष भोला थापाले जानकारी दिनुभयो ।

खानेपानी पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई गर्ने २५ हर्ष पावरका ३ वटा मोटर, ७ वटा सोलर पाता लगायतका सामानमा तोडफोड गरेको संस्थाका कोषाध्यक्ष थापाल जानकारी दिनुभयो । उहाँले भन्नुभयो,तीन लाख बढिको सोलर पाता र मोटरमा क्षति पुगेको छ ।

अहिले मेकानिकद्धारा मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी संस्थाले तोडफोडमा संलग्न पत्तालगाई कानुनी कार्वाहीको माग गरिएको छ ।।

 

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्