२०८१ असार ६ गते बुधवार

चितवनमा बल्छी हानेर माछा मार्ने क्रममा डुबेर बेपत्ता



१०  असार, चितवन

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले दिएको जानकारी अनुसार शुक्रबार बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

वेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।

 

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्