२०८१ असार २ गते शनिवार

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर



 १० असार, घोराही  – बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

राजश्व चुहावट गरी भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स कलैया ६ बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उनको कम्पनी तथा न्यू पाथीभरा सप्लायर्स हेटौँडा ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सेढाईविरुद्ध एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । न्यू पाथीभरा सप्लायर्स हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध एक करोड ६६ लाख बहत्तर हजार ६ सय रुपैयाँ माग दाबी गरिएको छ ।।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्