२०८१ फाल्गुन ४ गते आइतवार

आज दाङका १९ जनामा कोरोना पुष्टि, ६६ जना निको



१० असार,घोराही –
दाङमा आज १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ११, तुलसीपुरका ३, लमही र राप्तीका दुई/दुई, गढवाका एक जना रहेकोे जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएका सँगै जिल्ला सकृय संक्रमितको संख्या १ सय ४८ मा झरेको छ । ति मध्य ९७ जना संक्रमित घरमै, संस्थागत आईसोलेशनमा ३८ जना र १३ जना आइसियूमा रहेका छन् । त्यस्तै आज जिल्लामा ६६ जना कोरोना मुक्त भएका छन् ।

बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ७ हजार ७ सय ७३ पुगेको छ भने ७ हजार ४ सय २३ जना निको भएका छन् । बैशाख यता कोरोनाबाट दाङमा एक सय ९९ जनाको मृत्युभएको छ ।।

 

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्