२०८१ जेष्ठ ३० गते बुधवार

अटोरिक्सा दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ३ जना घाइते



३ जेठ, रोल्पा – रोल्पाको सिमलबाङमा आज मङ्गलवार दिउँसो अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । लिबाङबाट माडीचौर जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो रोल्पा नगरपालिका २ सिमलबाङमा दुर्घटना भएको हो । दुर्घटना अटो चालक रोल्पा २ थलिबाङका २९ वर्षीय महेश कवरको ज्यान गएको हो ।

यस्तै अटोमा चढेका रोल्पा ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहवीर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्