२०८१ असार २ गते शनिवार

सल्यानमा माओवादीलाई भोट हालेको भन्दै छिमेकी कुट्ने दुई पक्राउ



१० जेठ, घोराही – स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै सल्यानको दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीया सुरेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।दुवैलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । कुटपिटमा संलग्न अन्य २ जना निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेकोउहाँको भनाई छ ।

यही वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि चार युवाले ओलीलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई कुटपिटको आरोपमा सार्वजनिक मुद्दा लागेको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्