२०८१ असार ६ गते बुधवार

निर्वाचन कार्यालयको दाङको ताकेताः ३० दिन भित्र खर्च विवरण पेश गर्न आग्रह



१० जेठ, दाङ- प्रदेश निर्वाचन कार्यालय घोराही दाङले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सहभागि भएका उम्मेदवारहरुलाई खर्च विबरण बुझाउन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आज एक सूचना जारी गर्दे निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सबै उम्मेदवारहरुलाई निर्वाचनमा भएको खर्च विबरण बुझाउन आग्रह गर्नुभएको हो ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा १८० को उप दफा ९७० र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० बमोजिम निर्वाचनको बेला उम्मेदवारले गरेको खर्च विबरण ३० दिन भित्र कार्यालयमा पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

कार्यालयले तोकेको समय सिमा भित्र खर्च बिबरण नबुझाए कानुन वमोजिम हुने समेत सूचनामा भनिएको छ । नगरपालिकामा प्रमुख उपप्रमुखले ४० लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरका वडा अध्यक्षका उम्मेदवारले २ लाख, गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारले एक लाख ५० हजार र नगर तथा गाउँपालिका सदस्यका उम्मेदवारहरुले २५ हजार रुपैयाँ खर्च गर्न पाउने कानुनमा उल्लेख छ ।

गएको बैशाख ३० गते भएको निर्वाचनमा २ हजार २ सय ७ जना उम्मेदवारहरु चुनावी प्रतिस्र्धामा उत्रिएका थिए । उनिहरु सबैले अबको ३० दिन भित्र चुनावका बेला गरेका खर्च बिबरणहरु निर्वाचन कार्यालय घोराहीमा आएर बुझाउनु पर्ने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्