२०८१ असोज २४ गते बिहिवार

दाङमा २ गुणाभन्दा बढी मूल्यमा माक्स बिक्री



१० जेठ,घोराही –दाङमा सामान्यतयाः १० रुपैयाँमा बिक्री हुने गरेको मेडिकल माक्स हाल बजारमा २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । घारोही १९ मा रहेको पाँचपाखरी बजारमा लकडाउनको मौकापारि अन्य समयको भन्दा २ गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई माक्स बिक्री गर्ने गरेको भेटिएको हो ।

बजारबाट खरिद गरि ल्याउदा बढि खर्च लाग्ने भएकाले आफुले महंगो मुल्यामा बेच्नुुपरेको पाँचपाखरी बजार व्यवस्थापन प्रमुख बलबहादुर घर्तीले बताउनुुभयो । कोरोना भाइरसको केही हदसम्म सुरक्षा हुने विश्वासका साथ नागरिकले उक्त माक्स प्रयोग गर्न बाध्य भएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले सर्जिकल माक्स बजारमा बेच्दा ५ देखि बढिमा १० रुपैया पर्ने भन्दै त्यस्तो मुल्य बद्धि गर्न नपाईने बताउनुुभयो । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा केही बिचौलिया र व्यवसायीले कोरोना भाइरसको निहुँमा बजारमा माक्समा कालोबजारीसहित ब्रह्मलुट गर्न थालेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्