२०८१ चैत्र ६ गते बुधवार

दाङमा गाडी चोरीको घटना बढ्दै : लकडाउन यता ५ वटा गाडी चोरी



१० जेठ,घोराही-दाङमा गाडी चोरीको घटना बढ्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा गाडी चोरीका घटना बढ्दै गएको हो । बैशाख १७ गते देखी सुरु गरिएको लकडाउनको यो अबधीमा ५ वटा गाडी चोरी भएका छन् । घोराहीबाट ३ वटा र लमहीबाट २ वटा गाडी चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार चोरी भएका केही गाडीहरु बरामद भइसकेका छन् । घोराहीबाट चोरी भएका गाडी रौतहट, कपिलबस्तु र बिजौरीमा फेला परेका थिए ।

उता लमहीमा पनि लकडाउनका बिचमा २ वटा गाडी चोरी भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिनुभयो । लमहीबाट केही दिन पहिले चोरी भएको बलेरो गाडी भने अझै फेला परेको छैन् ।

गाडी चोरीका बिषयमा प्रहरीले अनुसन्धान गरिरहे पनि यथेष्थ कारण पत्ता लगाउन सकेको छैन् । लकडाउनको समयमा थप कडाई भए पनि गाडीहरु कसरी चोरी भई विभिन्न जिल्लामा पुगेका छन् भन्ने बारेमा प्रहरीले गम्भिर अनुसन्धान गरिरहेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्