२०८१ जेष्ठ ६ गते आइतवार

कर्णालीका मुख्यमन्त्री कँडेलले आज सानो आकारको मन्त्रीमण्डल गठन गर्ने



१२ वैशाख, सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारको मन्त्रीमण्डल आज गठन गर्ने भएका छन् । आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्रका एक/एक सहभागी गराएर मन्त्रीमण्डल गठन गर्न लागेका हुन् ।

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र्रका तर्फबाट रणसिं परियार मन्त्री बन्ने पठाउन निर्णय भएको माओवादीका प्रदेशसभाका सांसद तथा पूर्व आन्तरिक तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।’ उनले भने,‘मन्त्रालयको टुङ्गो भने लगाइएको छैन ।’

आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने जिसीले बताए । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएपछि मन्त्रीमण्डलको पूर्णता दिने बताएका छन् ।

त्यस्तै, आज एक जना एमाललेका तर्फबाट पनि मन्त्रीमण्डल सहभागी हुने एमाले कर्णाली प्रदेश संसदीय दलले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्