२०८१ जेष्ठ ५ गते शनिवार

स्वास्थ्य सतर्कतामा ध्यान दिन टोलबासीलाई आग्रह



११ बैशाख,घोराही ।
कारोना भाईरसको संक्रमण पुनः बढ्न थालेपछि घोराही १४ को पुलचोक खोलीगाउँ टोलविकासले टोलबासीहरुलाई स्वास्थ्य सतर्कतामा ध्यान दिन आग्रह गरेको छ । टोलका अध्यक्ष मानबहादुर नेपालीको अध्यक्षतामा भौतिक दुरी कायम गर्दै घरदैलो कार्यक्रम गरेर टोलबासीलाई मास्क वितरण गर्दै स्वास्थ्य सतकर्तामा ध्यान दिन आग्रह गरिएको हो ।

सेनिटाईजर र मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, अनावश्यक रुपमा भिडभाडमा नजान र भौतिक दुरी कायम गर्न आग्रह गरिएको अध्यक्ष नेपालीले बताउनु बताउनु भयो ।।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्