२०८२ बैशाख १० गते मङ्गलवार

पूर्वमन्त्री राईले अक्सिजन सिलिन्डर उपलब्ध गराउन ५० लाख दिए



११ बैशाख,घोराही । पूर्वशहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले अक्सिजन सिलिन्डर उपलब्ध गराउन ५० लाख रकम दिएका छन् । नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन उनले सो रकम दिएका हुन् ।

पूर्वमन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुनेगरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन् । भेरी अस्पतालमा सिरिन्डर स्थापना हुनेछन् । बाँकेमा संक्रमणदर बढेसँगै अक्सिजन तथा शय्या अभाव हुन थालेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्