११ बैशाख , दाङ । दाङमा फेरि कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको शुक्रवार रातित ११ ५ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । उनी बैशाख १ गतेमा अस्पतालको आइसियुमा भर्ना भएका थिए।
ती पुरूषमा निमोनियासँगै कोरोना पुष्टि भएको वलीले जानकारी दिनुभयो। उनीसँगै हालसम्म अस्पताल भर्ना भएका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार विहानमात्र दाङका २ जना संक्रमितको मृत्यु भएको थियो ।
दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २७ पुगेको छ।