२०८२ बैशाख ९ गते सोमवार

मज्गैँमा भेटिएको ४२ हजार ५ सय रुपैया सार्वजनिक, खोजी गर्दै सम्बन्धित व्यक्ति



१२ चैत्र, तुलसीपुर – २०८१ सालको माघ महिनाको २२ गते, तुलसिपुर–१७ स्थित मज्गै चोकमा ४२ हजार ५ सय रुपैया रकम भेटिएको जानकारी प्राप्त भएको छ। उक्त रकम डम्बर बहादुर बस्नेतले भेटेका थिए। भेटिएको पैसाको जानकारी पाए लगत्तै सोहि स्थानकि गिता केसि र समाजसेबि बेचन वलीले सार्वजनिक गरेपछि, सम्बन्धित रकमको मालिकको खोजी गर्न शुरु गरिएको छ। उँहाहरुले इमान्दारिताको कदर गर्दै सो रकम भेटिएको जानकारी गराउनुभएको हो ।

मेहनतले कमाएको अरुको पैसा त्यतिकै कसैले पनि खाइदिन नहुने भन्दै सम्बन्धित रकम धनिकै हातमा पैसा फिर्ता गर्न सार्वजनिक गरीएको बताउनुभएको हो । पैसा भेटिएको स्थान तुलसिपुरको वडा नं १७मा पर्ने मज्गै चोक हो। उक्त रकम हाल बेलझुन्डि प्रहरी चौकीमा रहेको छ, जहाँ हवल्दार चन्द्रा केसि पोख्रेलसँग राखिएको छ। उक्त रकमको वास्तविक मालिकले आफ्नो परिचय प्रमाणपत्र सहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

पैसा जो हो सोहि व्यक्तिहरूले आफ्नो पहिचान पुष्टि गर्ने कागजात सहित ९८६९९८४४४८ र ९८४७८३०९६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। प्रहरीले यो घटना सन्दर्भमा अनुसन्धान गरिरहेको छ र सम्बन्धित पक्षलाई आवश्यक प्रक्रिया पुरा गरेर पैसा फिर्ता दिने तयारी गरिएको बताइएको छ। पैसाको गड्डीमा कुनै पनि नागरिकले चोरी, हराएको वा भेटेको पैसाबारे समयमै जानकारी गराउन महत्त्वपूर्ण ठानिन्छ, जसले अन्याय रोक्न र कानूनी प्रक्रिया सुनिश्चित गर्न मद्दत पुर्याउँछ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्