१० चैत्र, घोराही- सोमबार बिहानै घोराही १० नारायणपुर खैरामा अवस्थित प्लाइ उद्योगमा अचानक आगो लाग्यो ।आगलागिको कारण खुलेको छैन। तर, १२ घण्टाको अवधिमा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
भौगलिक सुगमतासंगै फराकिलो सडकले दमकल सहजै पुग्न सक्छ। र पुगेका पनि छन् । छिमेकी पालिकाको दमकल थपिदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जीसीका अनुसार हाल ७ वटा दमकलले आगो निभाई रहेको छ ।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । तर, अझै पनि क्षतिको विवरण आईपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् । सात विघा क्षेत्रफलमा उक्त उद्योग सञ्चालित छ ।
सम्भवतः देशकै दोश्रो ठूलो प्लाइउड हो, साग्रिला प्लाइ उड।सयौलाई रोजगारी दिएको उद्योगले जल्दा निभाउन दमकल पर्याप्त छैन। दलका नेताहरू घोराही तुल्सीपुरलाई जोडेर महानगर बनाउन बहस थालेका छन् । न्यूनतम पूर्वाधार पनि पर्याप्त नभइ शहर उन्मुख नगरहरू महानगर बन्न र बनाउन सम्भव होला?