२०८० फाल्गुन १२ गते शनिवार

लागुऔषध सहित घोराहीबाट तीन जना प्रक्राउ



१० चैत,घोराही-
दाङमा लागु औषध सहित तीन जना व्यक्तिलाई प्रक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ जिल्ला अदालत नजिक रहेको पार्वती रेष्टुरेन्टबाट प्रक्राउ गरिएको हो ।

प्रक्राउ पर्नेका घोराही १५ काठेकोल बस्ने बर्ष २८ का बिक्रम चौधरी, सोहि ठाउँ बस्ने बर्ष २५ का सुनिल विक र २१ बर्षका सुशिल एरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

गोप्य सुचनाको आधारमा होटलको क्याबिनमा फेला पारी उनिहरुको साथबाट १ गा्रम ५ सय १० मिलिग्राम लागु औषध र उनिहरुले प्रयोग गरेको ३ थान मोबाईल समेत बरामद गरिएको डिएसपी रिजालको भनाई छ ।

लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद १ को ३ (क) ले परिभाषित कसुरमा परिच्छेद २ (४) घ,ङ र च कसुर अपराधमा परिच्छेद ३ को दफा १४ (६) (१) मा पच्चीस ग्राम सम्म कारोबार गर्ने ब्यक्तिलाई ५ बर्ष देखि १० बर्ष सम्म कैद र ५ हजार देखी २५ हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीको भनाई रहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्