२०८१ साउन १० गते बिहिवार

लुम्बिनी प्रदेश कै उत्कृष्ठ बन्यो कपिलवस्तु अस्पताल




१० चैत,घोराही-
न्युनतम सेवा मापदण्डमा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेश मै उत्कृष्ठ बनेको छ । कुल ८७ अंक हासिल गर्दै अस्पताल प्रदेश मै पहिलो भएको हो ।

कपिलवस्तु अस्पतालमा लुम्बिनी प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड मूल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनायका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुवास पाण्डेयले सो कुरा सार्वजनिक गर्नुभएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नजिता अनुसार कपिलवस्तु अस्पताल प्रदेश कै उत्कृष्ठ बनेको उहाँको भनाई छ । उहाँले कपिलवस्तु अस्पतालले कुल ९ सय ३९ अंक हासिल गरेको बताउनुभयो ।

सोही अवधिका बर्दिया अस्पतालले भने ८६ अंकसहित दोश्रो रहेको उहाँको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्