१२ फागुन,घोराही-
दाङमा बहुविवाह मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले आज प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ निवासी २४ वर्षिय यादव विसी रहेका छन् ।
उनी गएको कार्तिक ७ गते बहुविवाह मुद्धामा ११ महिना १७ दिन कैद सजाय फैसला भई हालसम्म फरार रहदै आएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
प्रक्राउपछि उनलाई आजै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार