२०८२ बैशाख १८ गते बुधवार

कोरोनाका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुब्यो



१२ फागुन, घोराही- कोरोना महामारीका कारण पछिल्लो २ वर्षयता निमार्ण व्यवसायले १ खर्ब २० अर्बको क्षति बेहोरेको निमार्ण व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोनाका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुबेको भएपनि यो क्षेत्रको पुर्नउत्थानका लागि सरकारले ठोस योजना नबनाएको व्यवसायीको गूनासो छ । नेपालमा हाल करिब २२ लाख निमार्ण व्यवसायी छन् भने २० लाखश्रमिक यसमा आश्रित रहेका छन् ।

कोरोना महाकारीका कारण प्रभावित बनेको व्यवसायको पुर्नत्थान र राहतका लागि सरकारले व्यवसायीको माग अनुसार नीतिगत सहित बैङ्क ग्यारेण्टी लगायतमा सहुलियत सहितका व्यवस्था गरेको भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब रबिन्द्रनाथ श्रेष्ठको भनाइ छ ।

निमार्ण व्यवसाय चलायमान नहुँदा यो व्यसायसँग आबद्ध ५० बढि उद्योगहरू समेत प्रभावित भएका छन् । निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले ठोस सहयोग गर्नुपर्ने व्यवसायीहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्