२०८१ माघ १२ गते शनिवार

भारतको धर्मशालामा दाङको सेनेटरी प्याड



१२ फागुन,घोराही -नेपाल महिला सामुदायिक सेवा केन्द्रले उत्पादन गरेको सेनेटरी प्याड भारतमा पु¥याईएको छ । केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भारतको हिमाञ्जल प्रदेशमा एक कार्यक्रमको आयोजना गरि सनेटरी प्याड वितरण गरिएको हो ।

हिमाञ्जल प्रदेशको धर्मशालामा रहेको सत्यशाही विद्यालयका छात्राहरुलाई प्याड प्रदान गरिएको थियो । रोटरी क्लबले ती प्याडहरु वितरण गरेको हो।

द ग्लोबल अप्लीफ्ट कार्यक्रमको माग अनुसार नेपाल महिला सामुदायिक सेजा केन्द्रले उत्पालन गरको ४ सय सेनेटरी प्याड भारत पठाईएको केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्