२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुर उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी



१२ फागुन,घोराही –
दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदो शैक्षक वर्षदेखि कक्षा १ देखि ८ कक्षा सम्मको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

जसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७६ ले दिएको अधिकार प्रयोग गरी तुलसीपुर उपमहानगरपालिकाको पाठ्यक्रम तयार पार्ने काम अन्तिम चरणमा पुर्याएको नगरपालिकाले जनाएको छ ।

आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी पाठ्यक्रम निर्माणको काम भइरहेको उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । यसका लागि प्रारम्भिक चरणमा सरोकारवालासँग छलफल गरी स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान गरिसकेको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका क्रममा तुलसीपुर उपमहानगरपालिकाले पालिका भित्रका शिक्षासँग सरोकार राख्ने विभिन पक्षसँग पटक–पटक परामर्श गरेको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्