१२ फागुन,रुकुम – रुकुम पूर्वमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका ४ को झिङ्गेटारमा आज बिहान ९ बजे बा २ क ७०१८ नम्बरको टिप्पर दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षिय गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षिय दामु बुढाको मृत्यु भएको हो ।
दुर्घटनामा परी लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभएको छ ।
दुवै जनाको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । कन्स्ट्रक्सनको टिप्पर झिङ्गेटारमा सडक मर्मतका लागि लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ दुर्घट्ना भएको हो । टिप्पर सडकदेखि करिब १५ मिटर तल खसेको प्रहरीको भनाई छ ।।