१२ फागुन,घोराही -महाशिबरात्री पर्वको अबसरमा घोराही उपमहानगरपालिका ५ धारापानी पाण्डवेश्वर महादेव मन्दिरमा मेला सञ्चालनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मेला तथा पूजाआजालाई व्यवस्थित बनाउन मूल समिति र उपसमिति गठन गरेको छ । समितिका अध्यक्ष अधिकारीको संयोजकत्वमा १ सय ५४ सदस्यीय मूल समिति गठन गरिएको छ ।
त्यसैगरी, विभिन्न कार्य सम्पादनका लागि १९ वटा उपसमितिहरु गठन भएको सूचना, सञ्चार तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक बिष्णुराम आचार्यले जानकारी दिनुभएको छ । यसैविच शिबरात्रीका दिन घोराही देखी धारापानी सम्मको गाडीभाड दर समेत तोकिएको छ ।
जस अनुसार बसमा यात्रा गर्दा ५० रुपैयाँ र अटो तथा टेम्पोमा यात्रा गर्दा ९० रुपैयाँ भाडादर तोकिएको समेत आचार्यले जानकारी दिनुभएको छ । मन्दिर क्षेत्र सँगै आसपासका क्षेत्रमा मदिरा पूर्णरुपमा निषेध समेत गरिएको छ । त्यसैगरी, मेलाका दिन पार्किङ शूल्क समेत निर्धारण गरिएको छ ।।