२०८१ माघ ७ गते सोमवार

तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा पुनः शरद रेग्मी चयन



१२ फागुन,दाङ ।
तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा पुनःशरद रेग्मी चयन हुनु भएको छ । आज बसेको कार्यसमितिको नियमित बैठकले चौथो कार्यकालका लागि पुन रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलाई तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा मनोनित गरेको महासचिब बिनिल केसिले जानकारि दिनुभयो । रेग्मी दाङको तुलसीपुरबाट सन्चालन भैरहेको रेडियो सन्जिवनि एफएमको स्टेशन म्यानेजर,एभिन्युज टेलिभिजनका दाङका सम्बाददाता लगायत केन्द्र र जिल्लाबाट प्रसारण र प्रकाशन भैरहेका दर्जन बढि सन्चार माध्यममा सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ ।

रेग्मी उबासघंमा लामो अनुभब सगांलेका अनुभवि र सबै क्षेत्र सगं समन्वय गर्न सक्ने क्षमता भएका जिल्लाका अब्बल ब्यक्तीको रुपमा स्थापित पत्रकार हुनुहुन्छ ।
त्यस्तै बाणिज्य सघको सल्लाहकारमा रेडियो सन्जिवनि एफएमका अध्यक्ष अनुप कुमार श्रेष्ठ, मिनराज वलि र कानुनि सल्लाहकारमा पुन अधिबक्ता प्रबिण लम्साललाई मनोनित गरेको छ । नबनिर्बाचित अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले बाणिज्य सघको सदस्यमा बिरबहादुर भण्डारि९मोहन० र मदन केसिलाई चयन गरिएको बाणिज्य सघका सचिब खुशलराम शर्माले जानकारि दिनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्