२०८१ चैत्र ११ गते सोमवार

बेपत्ता सञ्चारकर्मीको खोजीका लागि प्रेस युनियनको ध्यानाकर्षण



१२ फागुन,घोराही ।
एक महिना देखि बेपत्ता दाङका सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियनले जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर ओली बेपत्ता भएको लामो समय बितिसक्दा पनि फेला नपरेको भन्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको थियो ।

युनियन दाङका सल्लाहकार सुदीप गौतमले ओली बेपत्ता भएको घटना बारे जानकारी गराउँदै खोजी कार्यलाई चुस्त बनाउन आग्रह गरेका थिए । एसपी चन्दले प्रहरीले ओलीको खोजीका लागि चार सदस्यीय समितिनै गठन गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले डिएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर खोजी कार्य जारी राखिएको छ । तर अहिले सम्म प्रहरीले ओलीका बारेमा कुनै प्रमाण फेला पार्न नसकेको एसपी चन्दले बताए ।

रेडियो स्वर्गद्धारी एफएममा कार्यरत देवेन्द्र १५ माघ देखि बेपत्ता छन् । उनि अध्ययनरत राप्ती शिक्षा क्याम्पस देखि उनि बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्