१२ फागुन,घोराही ।
रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका भित्र रहेका माबि स्तरीय हाजिरि जवाफ प्रतियोगी गरेको छ । मावि रझेनामा नगर भित्रका ३१ वटा विद्यालयका छात्रा छात्रहरु बिच हाजिरी जवाफ प्रतियोगी गरेको हो । सरकारी र निजी विद्यालयहरु प्रतियोगितामा सहभागि भएका थिए ।
प्रतियोगितामा माउण्ट भ्यू स्कुल घोराही, पद्मोदय पब्लिक नमूना मावि भरतपुर द्धितिय र जनज्योती विद्यामन्दीर तेस्रो भएका छन् । रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो । विद्यालयहरुले यस्ता क्रियाकलापलाई अनिवार्य गर्दै विद्यार्थीहरुको अतिरिक्त ज्ञान बृद्धीमा ध्यान दिनु पर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुको चौतर्फि ज्ञान बृद्धीमा अतिरिक्त क्रियाकलापको भूमिका अहम हुने बताएका छन् । विद्यार्थीलाई जिज्ञासु, अनुशासित र बहुमुखी प्रतिभामा दक्षता ल्याउन सामाजिक संघसंस्थाहरुको समेत भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा घोराही उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, मावि रझेनाका अध्यक्ष जिवन गौतम, शिक्षक महासंघ नगरका अध्यक्ष निशान्त आचार्य, रोटरीका पूर्ब अध्यक्ष सनतकुमार श्रेष्ठ, रोट्राक्टका अध्यक्ष विकास भटराई, मिनराज भाट लगाएतकाले बिद्यार्थीको चौतर्फि ज्ञान बृद्धीमा यस्ता प्रतियोगिता अनिवार्य भएका बताएका छन् ।
रोटरीले आगामी बर्ष देखी नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितालाई रनिङ शिल्डमा अघि बढाउने समेत जानकारी दिएको छ । कार्यक्रमको सहजिकरण महासचिब गजेन्द्र बर्माले गर्नुभएको थियो ।।