२०८२ बैशाख १८ गते बुधवार

राप्तीमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासबारे छलफल



१२ फागुन, देउखुरी दाङ ।
राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासको स्थानिय तहबाट लगत संकलन सम्वन्धि कार्यविधि २०७७ को सन्दर्भमा छलफल गरिएको छ ।
गाउँपालिका अ्रध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफलमा वडा अध्यक्षहरु तथा भूमि सम्वन्धि समस्या समाधान आयोगका प्रतिनिधि विच छलफल भएको हो ।
राप्ती गाउँपालिकामा १३ गते राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासका बारेमा हुने प्रदेश स्तरिय अभिमुखी कार्यक्रमको तयारी साथै हुने प्रदेश स्तरिय सहजिकरण समिति गठन सम्वन्धमा छलफल गरिएको छ ।

छलफलमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासको स्थानिय तहबाट लगत संकलन सम्वन्धि कार्यविधि २०७७ मा उल्लेख गरिएका विषयबस्तुमाथि भूमि सम्वन्धि समस्या समाधान आयोगका प्रतिनिधि विज्ञ जगत देउजा र रेमन्त चौधरीले प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्