२०८१ चैत्र ११ गते सोमवार

देउवालाई भेट्न प्रचण्ड-नेपाल बुढानिलकण्ठ जाँदै



१२ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । सभापति देउवालाई भेट्न अध्यक्षद्वय प्रचण्ड र नेपाल देउवानिवास बुढानिलकण्ठ जान लागेको स्रोतले जनाएको छ ।

संसद पुनर्स्थापनापछि उत्पन्न राजनीतिक परिस्थितीका विषयमा छलफल गर्न देउवा र प्रचण्ड-नेपालबीच भेटघाट हुन लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले बृहत छलफल र बहसपछि मंगलवार बदर गरिदिएको छ । संसद पुनर्स्थापनालाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्