२०८१ फाल्गुन ३ गते शनिवार

घोराहीमा जारी माघे मेलामा रौनक बढ्दै , भोली शनिवार गायक मिलन लामा आउने



११ माघ,घोराही – घोराही उपमहानगरपालिका–१४ झिगौँरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा शुक्रबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन । आज गायिका शान्ता रानी परियार, गायक सन्दिप सेन्चुरी,राज कुमार वली हास्य कलाकार हुकुम बहादुर वली,डान्सर सपना चौधरीलगायतले साङ्गितिक प्रस्तुती राखेका थिए ।

मेलामा मुख्य आकर्षकको रुपमा रहेकी गायिका शान्ता रानी परियारले आफ्ना चर्चित गित मत ढले ढले सहित अन्य गितहरुबाट दर्सकहरुलाई छमछमी नचाउनु भएको थियो त्यसैगरी राज कुमार वलीले पनि मरभुमिमा सिसा पोल्ने घाम छ , पिरै पिरले रागो म¥यो लगायतका गितहरुबाट उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । मेलाको उद्घोषक मोडेल तथा गायिका रुपा घर्तीले गर्नु भएको थियो। मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न भेषभुषासँगै खानपिन र बाल उद्यानका स्टलहरु राखिएका छन् ।

मेला १६ गते सम्म संचालन हुने मेला आयोजक ‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक देवबहादुर बुढामगरले जानकारी दिनुभएको छ । नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी माघी मेलामा मिति भोली गायक मिलन लामा,गायिका सुमित्रा बुढा मगर, गायक देबेन्द्र बस्नेत डान्सर निशा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्