११ माघ । दाङमा एक जना महिला रुखबाट लडेर घाइते भएकी छिन् । आइतबार दिउँसो ३ बजेतिर अमलाको रुखबाट लडेर शान्तिनगर गाउँपालिका वडा नं ३ केराघारी निवासी २७ वर्षिया जानी बुढामगर घाईते भएको प्रहरीले बताएको छ ।
आफ्नै घरको आगँनमा रहेको अमलाको रुखमा अमला टिप्ने क्रममा रुखको हाँगो भाँचिदा लडेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको छ । उनको बाँया खुट्टा भाँचिएको छ ।
प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार