११ माघ, दाङ । वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ । सामान्य नागरिक मात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन ।
बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिना भरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनुभयो । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।
आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसो पख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।