११ माघ,दाङ । नेपाली बजारमा आइतबार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।