२०८१ मङ्सिर २४ गते सोमवार

आज दाङका तीन जनामा कोरोना पुष्टि



८ पुस, घोराही –
दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जनाको पिसीआर परिक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा लमहीका दुई र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या ९ जना रहेको छ ।

जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा, एक जना सामान्यमा तीन र अन्य ९ जना घरमै रहेको केन्द्रले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्