८ पुस,घोराही –
दाङको बंगलाचुली गाउँपालिकाले उपाध्यक्ष प्रसुती षोषण कार्यक्रम मार्फत सुत्केरी आमाहरुलाई अण्डा तथा सरसफाई किट वितरण गरेको छ । गाउँपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनका लागि हौसला प्रदान गर्न सरसफाई किट वितरण गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिनुभयो ।
गाउँपालिकाले खानेतेल, बच्चाले नुहाउने सावुन, लुगा धुने सावुन, सुत्केरीलाई ऐना, काईयो, ब्रस मन्जन, र एक क्यारेट अण्डा प्रदान गरेको छ । बंगलाचुली गाउँपालिकाले गत वर्षदेखि उपाध्यक्ष प्रसुती षोषण कार्यक्रम मार्फत बजेटको व्यवस्था गरी स्वास्थ्यसंस्थाहरुमा गर्भवती तथ सुत्केरी आमाहरुलाई पोषणयुक्त खानेकुरा तथा सरसफाई किट वितरण गर्न थालिएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापाघर्तीमगरले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकामा अहिले पनि अधिकांस महिलाहरुले घरमै बच्चा जन्माउने गरेकाले गर्भवती तथा सुत्केरी आमाहरुको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले यस्तो कार्यक्रमको थालनी गरेको उपाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।।