८ पुस,घोराही – राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ । परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ । प्रश्नपत्र छपाई सुरु नभएको तर कहिले छाप्ने विषयमा भने कुरा उठेको उहाँको भनाई छ ।
उनले अहिले एसईई दिने विद्यार्थीको फर्म दर्ता भइरहेकोले परीक्षा दिनेको यकिन संख्या थाहा भइनसकेको बताउनुभउको छ । यसअघि कोभिड–१९ का कारण भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिएको थियो ।।