२०८२ बैशाख १२ गते बिहिवार

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन कार्य तालिका सार्वजनिक



८ पुस, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउदो पुस २० गते हुने अधिवेसनको लागि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ ।

कार्यक्रममा १८ गते हुने स्वर्ण जयन्ती एवम साधारण सभाका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कार्यक्रममा निर्वाचन मुख्य अधिकृत शिव प्रसाद घिमिरेको अध्यक्षता रहेको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त जोशी, महासचिव नरेश कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले सक्षम नेतृत्व गर्ने व्यक्ति आवश्यक परेको बताउनुभएको छ । हुदै गरेको अधिवेशन १६ औँ रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्