८ पुस,। बुधवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू। ९०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू। ९४ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ९०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू। ९०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९३ हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू। ९४ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार प्रतितोला रू। एक हजार ३१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू। एक हजार २६५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू। ५० ले घटेको हो ।