२०८१ चैत्र १० गते आइतवार

कालीगण्डकी करिडोरबाट ट्रक खस्यो, ३ जनाको मृत्यु



८ पुस,। कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा ३ जना शव भेटिएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

मृतकहरुको पहिचान खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थल गैंडाकोटबाट ३५ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्