२०८२ बैशाख १० गते मङ्गलवार

कोरोनाका कारण थप एकको मृत्यु



८ पुस,। कोरोना संक्रमणका कारण सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको  जनस्वास्थ्य शाखा प्रमुख स्वास्थय अधिकृत नवराज कँडेलले जानकारी दिए ।

काेराेनासँगै कडा निमोनिया र दिर्घ श्वासप्रश्वासको समस्या बढेपछि  ति पुरुषलाई पुस २३ गते अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुषको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको प्रमुख कँडेलले बताए । यो सँगै कोरोनाका कारण सुर्खेतमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्